सरकार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गर्दैछ –नेकपा एमाले
वि.सं.२०७९ वैशाख ६ मंगलवार ०७:०६

काठमाडौं । सरकार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको ैनेकपा एमालेले निष्कर्ष निकालेको छ। सोमबार सम्पन्न एमाले सचिवालय बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको हो। चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय बैठकले गरेको छ। बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ।यस्तै १२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय भएको छ।
एमालेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ‚ त्यसको कडा प्रतिवाद गर्ने बताउनु भएको छ । उहाँले सबै कमिटीहरुलाई कुनै प्रकारको अलमल नगरी चुनावको तयारी गर्ने निर्देशन पनि दिएको बताउनु भएको छ । यस्तै कुनै अलमलमा नपरी निर्वाचनको तयारीमा जुट्न जिल्ला, पालिका र वडा कमिटीलाई निर्देशन दिइएको पनि गुरुङले बताउनु भउको छ ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार ०७:०६

















