skip this

परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ –प्रचण्ड

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया शुरु भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको जिकिर गर्नु भएको थियो । उहाँले कम्युनिष्ट र पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन आह्वान गर्नु भएको छ ।

विभाजित भएका माओवादी शक्ति पुनःएकता हुनेक्रम बढेको उहाँको भनाइृ थियो । उहाँले माओवादी केन्द्रमा पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको जिकिर गर्नु भउको थियो । परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्ने उहाँको भनाई छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढेको भन्दै उहाँले परिवर्तनका लागि त्याग, बलिदान र कीर्तिमान गर्नेहरु एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताउनुभयो ।

nijgadh-supermart-adz1200-630