skip this

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै , के आउला निश्कर्ष ?

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मंगलबार राति अबेरसम्म चलेको बैठकले पनि वैशाख ३० गतेको चुनावमा भागबण्डाको विषयमा अन्तिम निर्णय लिन नसकेपछि सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सत्ता गठबन्धन दलमा विशेषगरी महानगर र उपमहानगरको विषयमा सहमति करिब जुटिसकेको बताइएको छ। अन्य विषयमा पनि सहमति जुटाउन होमवर्क चलिरहेको छ । गठबन्धनभित्र तीन महानगरपालिका र ७ वटा उपमहानगरपालिकामा काँग्रेसले मेयर पाउने मोटामोटी सहमति भएको छ ।

महानगरपालिका काठमाडौं, ललितपुर र विराटनगर काँग्रेसको भागमा परेको छ । यस्तै उपमहानगरमा इटहरी, धरान, कलैया, नेपालगञ्ज, धनगढी, बुटवल र तुल्सीपुरको मेयर पनि काँग्रेसले पाउने सहमति भएको छ । यता महानगरतर्फ माओवादी केन्द्रले भरतपुर तथा एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादीले वीरगञ्ज पाउने भएका छन् । माओवादी, समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा काँग्रेसले उपमेयर पाउने सहमति भएको पनि काँग्रेसको भनाइ छ । यसैगरी काठमाडौँमा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार विराटनगरमा जसपाले तथा ललितपुरमा माओवादीले उपमेयर, उठाउने गरी सहमति भएको छ ।

nijgadh-supermart-adz1200-630