आज नहुने भयो हिमालयन र सिभिल बैंकको मर्जर
वि.सं.२०७९ असार २४ शुक्रवार ११:३७
1.68K
shares

हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ।
शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैंकले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरिएको थियो।
स्रोतका अनुसार हिमालयन बैंकका सञ्चालकहरूले सिभिल बैंकलाई दिन लागिएको स्वाप रेसियोमा असहमति जनाएपछि मर्जरमा बाधा आएको हो।
हिमालयन बैंकको एक सय कित्ता सेयर बराबर सिभिलको ८१ कित्ता बराबर सेयर हुने गरी स्वाप रेसियो तय भएको थियो। हिमालयन बैंकले यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडेको थियो।
वि.सं.२०७९ असार २४ शुक्रवार ११:३७

















