वाम मेलमिलापको आधार तयार पारौं : एमाले नेता भट्टराई
वि.सं.२०७९ असार २४ शुक्रवार ११:५८
1.48K
shares

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले कम्युनिष्ट मिलेको हेर्न चाहना जनतामा रहेको बताएका छन् । राष्ट्रियसभाका प्रमुख सचेतक भट्टराईले देशलाई बर्बादीबाट रोक्न पनि कम्युनिष्ट मिल्नुपर्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘नेपालका हामी कम्युनिष्टहरुले सोच्ने बेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् ।’
देशमा पश्चगमनको आधार तयार हुँदै गरेकाले कम्युनिष्टहरुले टुलुटुलु हेरेर बस्न नमिल्ने पनि लेखेका छन् । ‘कांग्रेसको दक्षिणपन्थी वैशाखीलाई मिल्काइदिऔं र वाम मेलमिलापको आधार तयार पारौं । यसबाट नै देश र जनताको भलाई हुनेछ’, भट्टराईले लेखेका छन् ।
वि.सं.२०७९ असार २४ शुक्रवार ११:५८

















