skip this

संघीयता खारेज हुनुपर्छ भन्ने कदम निरंकुश राजतन्त्रतर्फको यात्रा हो–अध्यक्ष प्रचण्ड

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पछिल्लो समय केही नेताहरुले संघीयता खारेज हुनुपर्छ भनिरहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त कदम निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका छन्। आज अध्यक्ष प्रचण्डले नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहस कार्यक्रमलाई सम्बोधन गर्दै संघीयतालाई खारेजी नभइ व्यवस्थित र मजबुद बनाउनु पर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले परिवर्तनका लागि अझै लडाइ जारी रहेको भन्दै सबै राजनीतिक पार्टीका नेताहरु सबै उस्तै छन् भनेर नकारात्मक कुरा गर्ने काम बढी भएको समेत बताएका छन्। वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुनु जरूरी रहेको उनको भनाई छ ।उनले आन्दोलन नयाँ सृष्टि गर्नका लागि एउटा बल गर्नुपर्ने र वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै भएको जिकिर गरेका छन् । विज्ञान र प्रविधिको विकासबाट नै मुलुकको सम्बृद्धि हुन सक्ने भन्दै त्यसतर्फ राज्य र राजनीतिक पार्टी पनि केन्द्रीत हुनुपर्ने उनको भनाई थियो ।

nijgadh-supermart-adz1200-630