skip this

ध्वनी प्रदूषणले विद्यार्थीको परीक्षामा कठिनाई भएपछि मेयर पौडेलको ध्यानाकर्षण ! जारी गरे सार्वजनिक अपिल

2.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमराका मेयर राजन पौडेलले शुक्रबार एक सार्वजनिक अपील प्रकाशित गर्दै ध्वनी प्रदूषण हुने गतिविधि नगर्न अनुरोध गरेका छन् ।

उपमहानगरपालिका क्षेत्रभित्र ध्वनी प्रदूषणका कारण विद्यार्थीहरुको पठनपाठन तथा विद्यालयहरुको विभिन्न कक्षाहरुको वार्षिक परिक्षा संचालनमा परेको कठिनाई प्रति उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मेयर पौडेलले ध्वनी प्रदूषण हुने गरी कार्यक्रमहरु संचालन नगर्न/नगराउन हुन सम्पूर्ण उपमहानगरवासीमा सार्वजनिक अपिल तथा अनुरोध गरेका हुन् ।

मेयर पौडेलले अपिलको परिपालनामा उपमहानगरवासी सम्पूर्णको साथ, सहयोग समेतको अपेक्षा गरेको जनाएका छन् ।

धार्मिक, सांस्कृतिक रुपमा मनाईने एवं संचालन गरिने विवाह, ब्रतबन्ध, मेला, जात्रा, महोत्सव जस्ता कार्यक्रमहरुमा चर्को आवाजमा (डिजे, लाउड स्पिकर, साउण्ड सिस्टम) बजाउने, सार्वजनिक स्थानहरु तथा विद्यालय क्षेत्र आसपासमा हो–हल्ला गर्ने जस्ता गतिविधिका कारण ध्वनी प्रदूषण हुन गई बिद्यार्थीहरुको अध्ययन/अध्यापन तथा विभिन्न कक्षाहरुको वार्षिक परीक्षा संचालन, दैनिक जीवनयापन, विरामीको स्वास्थ्य अवस्था, सार्वजनिक कार्यालय तथा स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह लगायतका कार्यमा असर परेको जनगुनासोहरु प्राप्त हुन आएकोले सार्वजनिक अपीलमा उल्लेख छ ।

सार्वजनिक अपील :

nijgadh-supermart-adz1200-630