महाकुम्भ मेलाबाट फर्किएका तिर्थालुले निजगढ सेवा घरलाई गरे खाद्यन्न सहयोग
वि.सं.२०८१ माघ ३० बुधवार १०:५१
1.49K
shares

निजगढ–भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला स्नान गरेर फर्किएका बाराको निजगढका तिर्थालुको एक समुहले निजगढ सेवा घरलाई खाद्यन्न सहयोग गरेको छ ।
आफैले पकाएर खान लगेको खाद्यन्न सामाग्री फर्किदा बाँकी रहेको चामल, चिनी, तरकारी लगायत निजग–४ स्थित मानव कल्याण समाजद्धारा सञ्चालित सेवा घरलाई हस्तान्तरण गरिएको हो ।
तिर्थालु टोलीका संयोजक रामहरी खरेल, सावित्री देवी भारती लगायत सेवा घरमा पुगेर त्यहाँ रहेका सडक मानवका रुपमा उद्धार गरेर राखिएका व्यक्तिहरुको लागि सहयोगार्थ सामाग्री हस्तान्तरण गरिएको हो ।
माघ १६ देखि १९ गतेसम्म महाकुम्भ यात्रामा बस रिजर्भ गरेर ३८ जनाको टोली प्रयाग पुगेको थियो । टोली गोरखपुरस्थित गोरखनाथ मन्दिर, कासीबनारश लगायतका तिर्थस्थल समेत पुगेको थियो ।

वि.सं.२०८१ माघ ३० बुधवार १०:५१