skip this farak Kura Pravakar

कार्यसमितिको म्याद थप गर्ने निर्णय पारित गर्दै बकैया नागमणी वन समुहको साधारण सभा सम्पन्न

726 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको शनिबार १५ औं वार्षिक साधारण सभा आयोजना भएको छ ।

निजगढ–८ स्थित निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभा तथा तेस्रो अधिवेशनको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई मेयर पुरी, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, निजगढ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य दुर्गा घिमिरे, बकैया नागमणी सामुदायिक वन समुहका पूर्व अध्यक्ष एवं सल्लाहकार रविराज दंगाल, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, समाजसेवी शम्भुबहादुर बुढाथोकी, तामागढी सव डिभिजन वन कार्यालयका प्रमुख रेन्जर निरज पोखरेल, निजगढ नगरपालिकाका वडा नं. ८ का पूर्व वडा अध्यक्ष टेकबहादुर लामा, सामुदायिक वन उपभोक्ता महासंघ निजगढका अध्यक्ष कुशबहादुर थापा, समाजसेवी भोलाप्रसाद गौतम, सन्तोष दंगाल, खड्गप्रसाद उप्रेती, दिपक प्रसाद सापकोटा, मोजहर मन्सुर लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा ज्वालादल गण बाराका गणपति कुमार खड्का, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाह, समाजसेवी रामहरी खरेल, यमबहादुर खड्का, मुकुन्द लामिछाने, वडा नं. ८ का सदस्य प्रेमबहादुर घिमिरे, रमेश लामा, पेमा घ्याम्चो लामा, नरनाथ गौतम, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का व्यवस्थापन समिति अध्यक्ष रविकुमार बर्तौला, बकैया ठाकुर माध्यमिक विद्यालयका अध्यक्ष नरेशकुमार घिमिरे, बकैया नागमणी सामुदायिक वन समुहका पूर्व अध्यक्ष पुरुषोत्तम धिताल, पूर्व सदस्य कृष्णप्रसाद खरेल, सुदर्शन दंगाल, लिला श्रेष्ठ, मिनराज खनिया, भगवती साह, टोल विकास संस्थाका भिमबहादुर बुढाथोकी, सुदर्शन थपलिया, सुर्यबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभामा वन समुहका अध्यक्ष रामप्रसाद उपाध्यायले समुहको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शालिकराम ढुंगानाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वन समुहका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पवित्रा सुनार र सञ्चालन कार्यालय सचिव हरिप्रसाद न्यौपानेले गरेका थिए ।

कार्यक्रममा मुटु रोग तथा क्यान्सर पीडितलाई रु. १० हजारका दरले आर्थिक सहायता प्रदान गरिएको थियो । त्यस्तै हिमाल युवा क्लबलाई जर्सी र फुटबल सहयोग गरिएको थियो ।

यसैविच साधारण सभाले कार्यसमितिको म्याद थप गर्ने निर्णय गरेको छ । त्यसैगरि निर्वाचनको मिति समेत तोकेको छ । साधारण सभाले आगामी चैत्र मसान्तसम्म म्याद थप गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि चैत्र २३ गते अगुवा उपभोक्ताहरुको भेलाबाट निर्वाचन समिति गठन गरेर २०८२ बैशाख ६ गते निर्वाचन मिति तोक्ने निर्णय गरेको छ ।

nijgadh-supermart-adz1200-630