skip this farak Kura Pravakar

भूमि समस्या समाधान आयोग बारा जिल्ला समितिले अझैं पूर्णता पाएन, महिला सदस्यमा कलावति नियुक्त

को हुन् कलावति ?

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–भूमि समस्या समाधान आयोग बारा जिल्ला समितिले अझैं पूर्णता पाउन सकेको छैन् ।

आयोगको जिल्ला समितिको अध्यक्ष पदमा भरतबहादुर घलेले २५ दिन अघि पुस २९ गते शपथ खाएका थिए ।

आयोग गठनको झण्डै एक महिना हुन लागि सक्दा पनि समितिले पूर्णता पाएको छैन् ।

जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था भए पनि हालसम्म अध्यक्ष र महिला सदस्य मात्र नियुक्त भएका छन् ।

विज्ञ सदस्य नियुक्त नहुदाँ समितिले पूर्णता पाउन सकेको छैन् ।

महिला सदस्यमा पासवान

समितिको महिला सदस्यमा कलैया उपमहानगरपालिका–१२ की कलावति देवी पासवान महिला सदस्यमा नियुक्त भएकी छिन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रवार महिला सदस्य पदमा कलावति देवीलाई नियुक्त गरेका हुन् ।

नेपाली काँग्रेसकी नेतृ पासवान पूर्व राज्यमन्त्री समेत हुन् । उनी यसअघिको समितिमा समेत सदस्य थिईन् ।

जिल्ला अध्यक्ष घले नेकपा (एमाले) का नेता हुन् । घले साविक अम्लेखगञ्ज गाउँ विकास समितिका अध्यक्ष समेत हुन् ।

भूमि समस्या समाधान आयोग बाराकाे अध्यक्ष घलेले लिए सपथ

nijgadh-supermart-adz1200-630