skip this

आज सन्दीपलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै, म्याद थपको तयारी

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं  । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ।  दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो।

कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपलाई पक्राउ गरेको थियो। सन्दीपलाई  प्रहरी वृत्त गौशालामा राखिएको छ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो।

nijgadh-supermart-adz1200-630