आज निर्वाचन आयोगले जलपान कार्यक्रम गर्दै, राष्ट्रपतिदेखि प्रधानमन्त्री, सांसदसम्मलाई निम्ता
वि.सं.२०७९ पुस ४ सोमवार १०:४६
615
shares

काठमाडौं। आज निर्वाचन आयोगले आज गत मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अवसरमा जलपान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने चियापान कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता, सांसदहरुलाई समेत निम्ता पठाइएको आयोगले जनाएको छ ।
कान्तिपथस्थित आयोगको कार्यालय परिसरमा दिउँसो १ बजे आयोजना हुने जलपान कार्यक्रममा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार एवम् सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षण गर्ने निकाय तथा संस्थाका प्रतिनिधिलाई समेत निम्ता गरिएको आयोगले जनाएको छ ।
वि.सं.२०७९ पुस ४ सोमवार १०:४६

















