आज जसपा र एकीकृत समाजवादीबीच एकताका लागि वार्ता हुँदै
वि.सं.२०७९ पुस २८ बिहीवार ११:४४
843
shares

काठमाडौ । आज मध्याह्न १२ बजे जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच एकताका लागि वार्ता हुँदै छ । दुवै पार्टीबाट गठन भएका वार्ता टोलीबीच छलफल हुन लागेको हो ।सिंहदरबारमा वार्ता टोलीबीच छलफल हुने जसपाले जनाएको छ ।
जसपाका तर्फबाट वार्ता समितिमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा नेताहरू रकम चेम्जोङ र गोविन्द चौधरी छन् । एकीकृत समाजवादीका तर्फबाट महासचिव बेदुराम भुसालको नेतृत्वमा डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।
वि.सं.२०७९ पुस २८ बिहीवार ११:४४
















