skip this farak Kura Pravakar

काठमाडौंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गरी ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो ।

सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको महानगरको सूचनामा उल्लेख छ । महानगरले निषेध गरेको कार्य नगर्न सचेत गराउने, कार्यमा संलग्न हुने व्यक्ति, संघसंस्था समेतलाई कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ)वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ ।’

हेर्नुहोस् सूचनाः

 

nijgadh-supermart-adz1200-630