skip this farak Kura Pravakar

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट-रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ६ धरमपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधवार भएको दुर्घटनामा घाइते भएका चालक माधव नारायण नगरपालिका ३ का २२ वर्षीय रञ्जित कुमार पण्डितको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बागमती पुलस्थित भित्र सडक खण्डमा नदीबाट बालुवा लोड गरेर धर्मपुरतर्फ आउँदै गरेको ना.२ त ८५०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको तथा मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

nijgadh-supermart-adz1200-630