skip this farak Kura Pravakar

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटनाःतीन जनाको मृत्यु

1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा दैलेखमा तीन जनाको मृत्यु भएको छ।आज बिहान भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो। दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल छन्।

nijgadh-supermart-adz1200-630