प्रभू साहको क्षेत्र मौलापुर नगरपालिकाको मेयरमा एमाले विजयी
वि.सं.२०७९ जेठ ५ बिहीवार ०६:५४
1.67K
shares

काठमाडौं । प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ ।साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित भएकी हुन् ।
उनले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रमप्रवेश साहले ३०६२ मत पाए । रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् । प्रभू साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।
वि.सं.२०७९ जेठ ५ बिहीवार ०६:५४
















