skip this farak Kura Pravakar

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २ सय भन्दा बढी प्रहरीको नियन्त्रणमा

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रहरीले होली पर्वका अवसरमा जबरजस्ती रंग दल्ने र उच्छृङ्खल गतिविधि गर्ने २ सय १८ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाबाट २१८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने प्रहरी जनाएको छ ।

nijgadh-supermart-adz1200-630