skip this hetauda tech

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

414 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गएराति राति ११ बजे धनुषाको मिथिला नगरपालिका–१० लालगढमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बर्दिवासबाट लालगढतर्फ आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–१ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एकजना सडक मानवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिकिस्त घाइते भएका अपरिचित उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630