skip this

कीर्ते गरेको आरोपमा संखुवासभाको भोटखोलाका वडाध्यक्ष पक्राउ

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष पक्राउ परेका छन्। कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए ।

जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन। भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ ।

भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा १ लाख दिएर पास गरेको बताइएको छ ।

पक्राउ परेका आरोपीहरूलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताइएको छ ।

nijgadh-supermart-adz1200-630