skip this

नयाँ शैलीमा काम गर्ने गरी सरकारमा जानुपर्छ – प्रदीप पौडेल

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारमा गएर नयाँ शैलीमा काम गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताएका छन्।चितवनमा आज नेपाल ट्रेड युनियनले गरेको कार्यक्रममा बोल्दै पौडेलले नयाँ शैलीमा काम गर्ने गरी सरकारमा जानुपर्ने बताएका छन्।

उनले सरकारमा जाँदै गर्दा अब हामीले नयाँ शैलीमा काम गर्नुपर्ने बताएका छन् । उनले भने, जनताका काम गर्दै सकारात्मक सन्देश दिने गरी नै सरकारमा जानेबारे छलफल भइरहेका छन्,’ उनले भने, ‘हामी अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्छ। राम्रो काम गर्न सकियो भने बल्ल ५ वर्षपछिको चुनावमा एक्लै लड्न सकिन्छ।’

उनले योग्य मानिसहरूले अवसर पाउने परिस्थिति निर्माण गर्नुपर्ने पनि बताएका छन् । देशमा सुशासन र पद्धति तथा भ्रष्टाचार हुँदा विदेशिने बढिरहेको बताएका छन् । सरकार बनाउने सन्दर्भमा गठबन्धन स्वभाविक हुने उनले बताए।

nijgadh-supermart-adz1200-630