skip this

वीरगञ्जका मुन्नाकाे पैदल हिडेर विश्व रेकर्ड ! वीरगञ्जबाट २२ दिनमा पुगे दिल्ली

वीरगञ्जमा गरियाे स्वागत

2.99K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज-पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-२ का शेख मुन्नाले पैदल यात्रा गरेर विश्व रेकर्ड राखेका छन् ।

पैदल हिडेर वीरगञ्जबाट भारतको राजधानी दिल्ली २२ दिनमा पुगेका २४ वर्षिय युवा मुन्नाले विश्व रेकर्ड राखेका हुन् ।

वीरगञ्जमा स्वागत

गर्मी माैषममा पैदल हिडेर विश्व रेकर्ड राखेर वीरगञ्जकाे गरिमा उच्च बनाएकाे भन्दै मुन्नालाइ स्वागत गरिएको छ ।

यु डि बाइ सेफ कम्प्युटर एजुकेशनका प्रशिक्षक बंशीधर गुप्ताको अध्यक्षतामा तथा एजुकेशन संस्थाका बिद्यार्थीहरुको उपस्थितीमा मुन्नालाइ स्वागत सम्मान गरिएकाे हाे

शेख मुन्नाले आफ्नो पैदल यात्राको क्रममा भोगेको अनुभव उपलब्धिबारे विद्यार्थीहरु समक्ष आफ्नो मन्तब्य तथा अन्तरकृयामा सहभागी भएर सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।

nijgadh-supermart-adz1200-630