skip this

शिक्षिका शाही बलात्कार प्रकरण : यस्ताे छ २५ लाखको अङ्कगणित

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कठमाडौं । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री मुगुका मोहन बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा जबरजस्ती करणीमा मुद्दा बिहीबार तीन बजे दर्ता भएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले फरक नेपाल डटकमलाई बताएकाे छ ।

जुम्लाकी  शान्ति शाहीले आफुलाई सांसद बानियाँले दुईपट बलात्कार गरेको आरोप लगाएकी छन् । उनले नेपालगञ्जको अप्सरा होटेलमा आफुमाथि बलात्कार गरेको आरोप लगाउँदै बाँके प्रहरीमा उजुरी दिएकी थिइन्। गत सोमबार दिइएको जाहेरी बिहीबार दर्ता भएको हो।

ती शिक्षिका शाहीले दिएको निवेदनमा उल्लेख भए अनुसार बानियाँले नेपालगञ्जको अप्सरा होटेलमा एक रात बलात्कार गरेको उल्लेख छ । माघ १९ गते राति होटलमा बसेको समयमा सांसद बाँनियाले आफुमाथि दुई पटकसम्म बलाल्कार गरेकोले न्याय पाउँ भनि उजुरीमा उल्लेख छ ।

डीएसपी न्यौपानेले फरक नेपाल डटकमसंग भने, अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सांसद बानियाँलाई नियन्त्रणमा लिने बताए ।

https://faraknepal.com/11835

उजुरी गर्ने शिक्षिका शान्ति शाहीले आफु अन्यायमा परेको भन्दै लेखेकी छन्, ‘सांसद मोहन बानियाँले पैँसा दिन्छौँ मुद्दा नगर भनेर पटक पटक भनेका थिए । त्यसैले हिजोसम्म रोके । पैँसा दिन्छौं भनेर बानियाँ लगायत उहाँका आफन्तहरुले मलाई बोलाई पैँसा दिनुको साटो ममाथी जघन्य अपराध गरे । पैँसा दिनुको साटो उल्टै पहिला दिएको चेक खोसेर लिएकोले म असाध्यै अन्यायमा परेकी छु । माननिय मोहन बानियाँ लगायत उनलाई अपराधमा सघाउने सहित सबैको नाममा मुद्दा दर्ता गर्दै छु । त्यसैले सबै मिडिया कर्मिलाइ र सबै सबै माझ यो जानकारी गरे । अब मेरो ज्यान जोखिममा छ । म मरे भने माननीय मोहन बाँनियाको कारण ले मर्नेछु । उहाँले नै जवाफ दिनुहुने छ ।’

शान्ति शाहीसंग गरिएको कुराकानी

तपाइले २५ लाखको चेकसहित सांसद बानियाँले नराम्रो व्यवहार गरेको भन्ने सार्वजनीक गर्नु भएको छ के हो ?

मैले मोहन बानियाँलाई २५ लाख रुपैँया दिएको थिए । उनले मलाई चेक दिए । चेकमा पैँसा छैन रहेछ । फेरी बाँनियालाई खवर गरे । तपाईले दिएको चेकमा पैँसा नै छैन । उनले आलटाल गर्दै आए । मैले बानियाँलाई बारम्बार पैँसा राखिदिन अनुरोध गर्दै आएँ । पैँसा राखि दिनुहोस् भने । तर, उनले राखेनन् । फेरी फोन गरेर सोधे, पैँसा दिनु हुँन्छ की हुँन्न ? यदी नदिने हो भने मुद्दा हाल्छु भनेर भने । बानियाँले मुद्दा नगर म पैँसा दिन्छु भनेर आसवासन दिए । त्यसैले म धेरैदिन कुरे । केही दिन पछि उनले मलाई पैँसा दिन्छौं भनेर फोन गरे । नेपालगञ्जमा छु, भनेर बोलाए । म गएँ । उनले मलाई पैँसा दिनुको साटो उही चेक पनि खोसेर लगे । नेपालगञ्जमा उनी मात्र नभई उनका आफन्त मिलेर ममाथि नराम्रो व्यवहार गरे । मैलै प्रहरी कार्यलय बाँकेमा न्याय पाउँ भनि निवेदन दिएकी हुँ ।

सांसद बानियाँले अफुमाथि लागेको आरोपपर्ति आपत्ति जनाउदै लेखेका छन्, “केही दैनिक समाचार पत्र र केही अनलाइन मिडियाले सत्यतथ्य नबुझी एउटा शिक्षिकासंग नाम जोडेर छापियको अती भ्रामक समाचार प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो मान मर्दन माथी गम्भीर चोट पुगेको छ । मसंग जोडियको शिक्षिकासंगको चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुन सक्छ कि सक्दैन त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो । आबश्यक पर्दा धेरै प्रमाण हरु हामी सङ सुरक्षित छन यो बेज्यतिको ढोका नखोलौ भनेर चुप बसेको हो । यो त घोका र बैमानी को ठुलो प्राकाष्ठा हो तेसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ ।”

https://faraknepal.com/11668

सांसद बानियाँसंग गरेका कुराकानी

तपाईविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेको छ के हो ?

म कर्णालीमा राजनीति गर्दै गर्दा विभिन्न खालका आरोप लगाउँने गरेका छन् । यो मलाई चरित्र हत्या गर्न लगाएको एउटा आरोप मात्र हो ।

https://faraknepal.com/11414

तपाइले ती शिक्षिकालाई चिन्नु भएको छ ?
म नेकपा एमालेको एउटा सिनियर नेता हुँ । एक पटक मन्त्रीसम्म भईसकेको मानिस हुँ । मलाई तेस्तो काम गरेको भनि कसरी पत्याउँनु हुन्छ । यसमा पुरै राजनीतिक चलखेल भएको छ । मसंग पुरै प्रमाण छ । म ती शिक्षिकालाई राम्ररी चिन्छु । उनीसंग हाम्रो आर्थिक कारोबार थियो । मेरो नामको चेकबाट उनलाई २५ लाख रुपैँयाको चेक काटेर दिएको थिए । उक्त चेकको मिति सकिएकोले चेक नचल्ले (चेक बाउन्स) भयो । शिक्षिकाले मेराे चरित्र हत्या गर्ने खालको आरोप लगाएर बलात्कारको निवेदन दिएको भन्ने सुनेको छू । (ती शिक्षिकालाई २५ लाख के को लागि दिएको हो ? खुलाएका छैनन् ।)

nijgadh-supermart-adz1200-630