skip this

बाराकाे दलितबस्तीमा पुगिन् मन्त्री झाक्री,दुई सय परिवारलाई एकीकृत बस्ती बनाइने

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाराकाे दलित बस्तीकाे निरीक्षण गरेकी छिन् ।
बाराको क्षेत्र नम्बर ३ स्थित दलित बस्तीमा जिल्लाका संघीय र प्रदेश सांसदसहित पुगेकी हुन् ।
दलित बस्तीमा बसोबास गर्ने दलित समुदायको आवास निर्माण गर्ने लक्ष्य अनुसार मन्त्री झाँक्री त्यहाँ पुगेकी हुन् ।
मन्त्री झाक्रीलाई बाराको क्षेत्र नम्बर ३ का प्रतिनीधि सभा सदस्य रामबाबु कुमार यादवले दलित समुदायको अवस्थाबारे अवगत गराएका थिए । टाेलीमा प्रदेश सभा सदस्य पारस साह समेत सहभागी थिए ।
मन्त्री झाँक्रीले दलित समुदायको अवस्थालाई नजिकबाट नियालेर पक्की आवास निर्माणका लागि रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
दलित समुदायका दुसाद, धाँगड, मेस्तर, डोम समुदायले न्युन आर्थिक अवस्थाका कारण कच्ची घरमा कष्टकर जीवन बिताइरहेका छन् ।
घाम, पानीसहित अन्य जोखिमहरुका बिच बाँचीरहेका दलित समुदायले अब पक्की घरमा बस्न पाउने सांसद यादवले विश्वास व्यक्त गरे ।
एकीकृत बस्ती निर्माणकाे लक्ष्य
दलित समुदायलाई एकीकृत बस्ती बनाउने उदेश्य रहेकाे छ । एकीकृत बस्ती निर्माण गर्ने योजना अनुरुप सो क्षेत्रका करिब २ सय जना दलित समुदायको घर निर्माण हुने सांसद यादवले जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630