skip this farak Kura Pravakar

पछिल्लो २४ घण्टामा ६३९ संक्रमित थपिए, ३ जनाको मृत्यु

783 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण थपिएको छ ।
९ हजार ७५६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६ हजार ७८२ जनाको पीसीआर र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ५४८ र एन्टिजेन परीक्षणबाट १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १ हजार ६०० जनाले कोरोनालाई जितेका छन् ।
आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ । अहिले देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित छन्।

nijgadh-supermart-adz1200-630