skip this

सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

861 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरु निर्देशन दिनु भएको छ ।
प्रदेशको सुरक्षा व्यवस्था व्यवस्था बारे जानकारी लिने उदेश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिनु भएको छ ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्थाहरु बारे व्रिफिङ्ग गर्नुका साथै अगामी योजना बारे समेत जानकारी गराएका थिए ।
बैठकमा प्रमृुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवहरुका साथै प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सि.पी.गौतम, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, नेपाली सेनाकाका नि. बाहिनीपति महासेनानी पूर्ण प्रसाद ढकाल सहितको उपस्थिति थियो ।

nijgadh-supermart-adz1200-630