skip this farak Kura Pravakar

एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्वीन’ होइन : अध्यक्ष ओली

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताएका छन् ।

मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको स्पष्ट पारे ।

उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् ।

‘कुडाकर्कट जम्मा गर्ने डस्विन होइन एमाले । सुन्दर भविष्यतर्फ उन्मुख कार्यकर्ताको पार्टी हो । मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी होइन’, ओलीले भने । उनले कम्युनिस्ट एकता गर्नुपर्छ भन्ने एमालेभित्रकै आवाजप्रति लक्षित गर्दै उनले नेपाल र खनाललाई एमालेमा भित्रयाउने कुरा डेट एक्सफायर औषधि खाएर विरामी पर्नु जस्तो मात्रै हुने बताए ।

‘प्रधानमन्त्रीको तर्फबाट छापिएको पुस्तकमा, आफैले पास गरेको चुच्चे नक्सा सर्वसम्मतिले । तर त्यो नक्सा फेरबदल गरेर किताब छाप्नुभयो । उहाँहरुको मनसाय के हो ? यस्तो सरकार फेर्नै पर्छ’, ओलीको भनाइ छ ।

उनले यस्तो सरकार जनादेशबाट एमालेले बदल्ने दावी समेत गरे । उनले ५ दल मात्रै नभएर १० दल लागे पनि एमालेलाई कुनै फरक नपर्ने बताए ।.

nijgadh-supermart-adz1200-630