रिकभरिङ्ग नेपाल मधेश प्रदेशको अधिवेशनबाट गौरव वर्मा अध्यक्ष चयन
वि.सं.२०७८ चैत ८ मंगलवार १२:४६
1.82K
shares

बारा । रिकभरिङ्ग नेपालले मधेश प्रदेशका लागि नयाँ कार्यसमितिको चयन गरिएको छ ।
वीरगञ्जमा सम्पन्न साधारण सभा सहितको अधिवेशनले मधेश प्रदेशको अध्यक्षमा गौरव वर्मालाई चयन गरेको छ । उनको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको महासचिवमा सरोज सिहं, कोषाध्यक्षमा राजकुमार तामाङ्ग चयन भएका छन् । यसैगरी केन्द्रिय सदस्यमा बिजय लामा, बैकल्पिक केन्द्रिय सदस्यमा राजकुमार लामालाई चयन गरेका छ ।
केन्द्रिय सदस्य आर्जन राईको सभापतित्वमा सम्पन्न यस साधारण सभामा सुबोध पौडेल, सन्तोष कुमार थापा, आयुश भुजेल, सरोज सिहं लगायतको उपस्थिती रहेको थियो ।
वि.सं.२०७८ चैत ८ मंगलवार १२:४६
















