skip this

कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसको जित अनिर्वाय छ – अध्यक्ष गुरुङ

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पनि कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले बताउनु भएको छ । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसको जित अनिर्वाय रहेको बताउनु भएको हो । उहाँले चाहरे पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा जानुपर्ने जिकिर गर्नु भएको थियो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले दिनुभएको निर्देशनलाई सबैले मान्नुपर्ने उहाँको भनाई थियो । उहाँले एमालेलाई हराउन पनि मिलेर जान जरुरी रहेको उल्लेख गर्नु भउको थियो । उहाँले एमालेको अहँकार र घमण्डलाई तोडेर कांग्रेसको जित गराउनु पर्ने बताउनु भएको थियो । अध्यक्ष गुरुङले एकताबद्ध बनेर कांग्रेसलाई जिताउन अनुरोध गर्नु भएको छ । उहाँले सबैभन्दा ठूलो भ्रष्टाचार स्थानीय तहमा भएको बताउँदै स्थानीय तहमा एमालेले जितेका ठाउँमा भ्रष्टाचार भएको आरोप लगाउनु भएको छ ।

nijgadh-supermart-adz1200-630