skip this

कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने छ – प्रकाशमान सिंह

2.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताउनु भएको छ । आज नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गर्नु भएको छ ।

उहाँले आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भएको छ । उहाँले जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्ने बताउँदै बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको बताउनु भएको छ । पार्टीका पूर्वमहामन्त्री सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधीलाई टिकट दिएर विजय गराउन सबै कार्यकतालाई आग्रह समेत गरे।

नेता सिंहले संसद्मा झण्डै दुई तिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताए।

nijgadh-supermart-adz1200-630