skip this farak Kura Pravakar

अस्पतालमा शंकास्पदवस्तु : तीन करोड नदिए ध्वस्त अस्पताल बनाउने धम्की दिने प्रहरी फन्दामा

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : काठमाडौँको मैतीदेवीस्थित मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गर्दै शंकास्पद वस्तु राखेर फिरौती रकम मागेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरीका आशिष गुरुङ, अभिषेक कुँवर र रोल्पाका अमरबहादुर रोक्का मगर रहेको प्रहरीले जनाएको छ ।
केन्द्रमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले शंकास्पद वस्तु राखेको देखिएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।
अस्पतालका डाक्टरलाई तीन करोड रुपैयाँ नदिए अस्पताल ध्वस्त बनाउने धम्की दिएको अनुसन्धानमा देखिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।
भाद्र २४ गते मातृका आँखा केन्द्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको थियो ।

nijgadh-supermart-adz1200-630