skip this

काठमाडौंमा मट्टीतेल ट्यांकी विष्फोट

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । टेकुस्थित कनक पेट्रोल पम्पमा ट्यांकी विस्फोट भएको छ।
पम्पमा रहेको पुरानो मट्टीतेल ट्यांकी खाली गरेर प्वाल टाल्ने क्रममा वाइल्डिङ गर्दा विष्फोट भएको बताइएको छ। जहाँ काम गरिरहेका मजदुरहरू घाइते भएका प्रहरीले जनाएको छ।

घटनामा परी पर्सा जगन्नाथपुर गाउँपालिका ३ घर भई कालीमाटी बस्दै आएका किशोरी शाह र सोही ठाउँका दीपक कुमार शाह घाइते भएका छन्।

दुवैलाई उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टर लगिएको प्रहरीले जानकारी दिएको छ।

nijgadh-supermart-adz1200-630