पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो
वि.सं.२०७९ जेठ २५ बुधवार २१:४३
834
shares

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ ।
मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।
साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ ।
त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।-न्युज कारखाना
वि.सं.२०७९ जेठ २५ बुधवार २१:४३
















