skip this

चौथो मकवानपुर गोल्डकपको उपाधी आर्मीको पोल्टामा

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा । हेटौंडा-५ को पिप्ले रंगशालामा सम्पन्न चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी हात पारेको हो । यो संगै मकवानपुर गोल्डकपको उपाधी आर्मीले दोस्रो पटक हात पारेको छ ।

आर्मीले उपाधी शिल्डसंगै १५ लाख हात पारेको छ भने उपविजेता बनेको हेटौंडाले शिल्डसंगै १० लाख हात पारेको छ ।

आर्मीले यसअघि,२०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाईनलमा खेलमा पनि घरेलु टोलीलाई हराउँदै आर्मीले उपाधी हात पारेको थियो ।

आर्मीले तेस्रो मकवानपुर गोल्डकपमा घरेलु टोली मकवानपुर-११ लाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी हात पारेको थियो । अघिल्लो पटक फाईनलमा पुगेर उपाधी हात पार्न नसकेको हेटौंडाले यस पटक पनि उपविजेतामा चित्त बुझाएको छ ।
तस्वीर : गोलनेपाल डटकम

nijgadh-supermart-adz1200-630