skip this

बुटवलमा स्वदेशी चियाको प्रवर्द्धन गर्न राष्ट्रिय चिया प्रदर्शनी सुरु

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बुटवलमा आजदेखि स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ ।राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् ।

आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदर्शनीको उदघाटन गरेका थिए । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एसोसिएसन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एसोसिएन नेपाल, नेपाल टि प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टि एसोसिएसन नेपालमा आवद्ध एक सय बढी ब्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरु राखिएका छन् ।

कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश सरकार जग्गा उपलव्ध गराउन समेत तयार रहेको बताए । “बजार प्रवद्र्धन मात्र भनेर पुग्दैन, आन्तरिक उत्पादन पनि बढाउनुपर्छ, तपाईहरु उत्पादनको योजना लिएर आउनुस्, लुम्बिनी प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा जग्गा उपलव्ध गराउन तयार छ,” उनले भने ।

लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले विदेशी उत्पादन निरुत्साहित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले आउने दशै तिहारमा भारतबाट आउने गरेको फुलमालालाई पूर्ण प्रतिबन्धन लगाईने जनाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर जान प्रदेश सरकार सधैं अग्रसर रहेको बताए । उनले व्यवसायीहरुलाई लुम्बिनी प्रदेशको गुल्मी लगायतका जिल्लामा उत्पादित कफीको प्रबद्र्धन र बजारीकरण गरिदिन आग्रह समेत गरे ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले आम नागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार बिस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए ।नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिक रुपमा सबल हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ । विजनेश हबका रुपमा बुटवललाई चिनाउने रुपमा कार्यक्रम गरिन लागेको उनले बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा.दिपक खनालले नेपालबाट ठूलो परिमाणमा चिया नर्यात हुने गरेको बताउँदै बोर्डले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि पहिलोपल्ट चिया प्रदर्शनी कार्यक्रम आयोजना गरेको जानकारी दिए । बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले स्वदेशी उत्पादनको प्रयोगलाई बढाउन, स्वदेशी चियाको आम उपभोक्तामाझ जनचेतना जगाउन र आम नेपालीमा स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नका लागि पनि यो प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गरे ।

nijgadh-supermart-adz1200-630