skip this farak Kura Pravakar

सेती अस्पताललाई नागरिकमैत्री बनाउने अभियानमा डिल्ली राज भट्ट

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । डिल्ली राज भट्ट उमेरले २७ वर्ष भए । तर, उनी सुदूर भूमिमा रहेर स्वसुधारका क्षेत्रमा सक्रिय छन् । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका भट्ट सुदूरको स्वास्थ्य समृद्ध र जनमुखी होस् भन्ने चाहन्छन् । समाजसेवाका लागि उमेर चाहिँदैन । चाहिन्छ त केवल इच्छाशक्ति । सोही इच्छाशक्तिकै कारण भट्ट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त भए ।

‘हामी अस्पतालमा जाँदा सरसफाइको निकै समस्या थियो । बिरामीहरूले नाक छोपेर आहोरदोहोर गर्नुपर्ने अवस्था थियो । हाम्रो पहिलो प्राथमिकता अस्पतालको सरसफाइलाई चुस्त पार्ने थियो’, भट्टले भने । उनले सोही उद्देश्य अनुरुप पहिलो प्राथमिकतामा सरसफाइलाई राखेर अस्पताललाई स्वच्छ पारिएको बताए । अहिले बिरामी र अस्पताल पुग्ने सबैले नाक छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उनी बताउँछन् ।

‘यत्तिमात्र होइन हामी अस्पतालको बाह्य र भित्री गरि दुई चरणमा सुधारका काम गरिरहेका छौं । भित्रि काम अन्तर्गत कर्मचारी र प्रशासनले कति र कसरी काम गरिरहेको छ हेरिरहेका छौं । र, कमजोरी भेटाए सुधार गरिरहेका छौं,’ भट्ट भन्छन्, ‘बाह्य सुधारमा अस्पतालको फोहोर व्यवस्थापन । सेवासुविधा विस्तार, पंखाबिजुलीलगायत अन्य जनताको समस्यामा ध्यान दिइरहोका छौं ।

अस्पताल प्रशासनले सेवाग्राहीलाई घाममा राख्ने तर हामी व्यव्यवस्थापन समितिलाई एसी रुममा राख्ने अवस्था रहेकोमा त्यो अहिले आफूहरूकै पहलमा अन्त्य भएको भट्ट बताउँछन् ।अहिले अस्पतालका विभिन्न वार्ड तथा उपचार कक्षमा पूर्ण रुपमा पंखाको व्यवस्थापन गरिएको उनले बताए । यसले दिउँसो घामबाट बचाउनुका साथै राति मच्छरबाट समेत बिरामीलाई जोगाएको भट्टको भनाई छ ।

nijgadh-supermart-adz1200-630