skip this farak Kura Pravakar

नवलपरासीको सुस्तामा मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् ।

उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630