जाजरकोटको बारेकोट गाउँपालिकाका वडाध्यक्षमाथि खुकुरी प्रहार
वि.सं.२०७९ साउन १० मंगलवार १०:४०
1.02K
shares

काठमाडौं । जाजरकोटमा वडाध्यक्षमाथि खुकुरी प्रहार भएको छ । बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महतारामाथि स्थानीय युवाले खुकुरी प्रहार गरेका हुन । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौलाले घाइते वडाअध्यक्षको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको बताए ।
सोमबार बिहान आफ्नै निवासमा रहेका वडाध्यक्षमाथि सोही वडाका अविनास नेपाली र टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उनलाई कुटपिट पनि गरिएको थियो ।
वि.सं.२०७९ साउन १० मंगलवार १०:४०
















