झापामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
वि.सं.२०७९ साउन ११ बुधवार १०:३०
1.39K
shares

काठमाडौं । झापामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–४ का चन्द्र मावोका १२ वर्षीय छोरा इचिहाङ मावोको कुलोको पानीमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु हो ।
मृतक बालकको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल पठाइएको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७९ साउन ११ बुधवार १०:३०

















