skip this

काठमाडौँ महानगरभित्रै फोहोरको राजनीति भएको कांग्रेसका महामन्त्री थापाको आरोप

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौँ महानगरभित्रै फोहोरको राजनीति भएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आरोप लगाएका छन्।काठमाडौँ महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तर्क्रिया कार्यक्रममा फोहोरको प्रसंगमा बोल्दै उनले महानगरभित्रै फोहोरको राजनीति भएको र सरकारले नै फोहोर व्यवस्थापना मुख्य भूमिका खेल्नुपर्ने बताएका हुन्।

त्यस्तै महामन्त्री थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह समेत गरेका छन् । उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत बताए ।

nijgadh-supermart-adz1200-630