नारायणी नदीमा जलसतह खतरा नजिक, उच्च सतर्कता अपनाउन विभागको आग्रह
वि.सं.२०७९ साउन १७ मंगलवार ०८:१३
1.26K
shares

काठमाडौं । केही दिन देखि चितवन र नवलपरासी क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेको छ । आज बिहान ६ बजेसम्ममा सो क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
निरन्तर परेको अविरल वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि) नजिक पुगेको छ । उक्त क्षेत्र तथा आसपासका क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ ।
वि.सं.२०७९ साउन १७ मंगलवार ०८:१३

















