काठमाण्डौँ महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट (फोटो फिचर)
वि.सं.२०७९ भदौ १० शुक्रवार १७:०२
1.01K
shares

काठमाण्डौँ- काठमाण्डौ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह ९बालेन०को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो ।
भवनको नक्सा पासविपरीत बनेका संरचना भत्काउन थालेको महानगरले सोहीअनुरुप विभागको बेसमेन्ट खाली गराएको हो । सवारी पार्किङका लागि अनुमति लिएर बनाएको बेसमेन्टमा रहेका कुर्सीसहितका सामान महानगर हटाएको हो ।
सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ ।
सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् ।

वि.सं.२०७९ भदौ १० शुक्रवार १७:०२

















