skip this

एमालेको सरकारले तुइन युगबाट पुलको युगमा प्रवेश गरायो –ओली

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर १मा आयोजित कार्यक्रममा बोल्दै (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केहि पार्टीका नेतालाई धरहरा हेर्‍यो कि घोच्ने गरेको जिकिर गरेका छन् । अध्यक्ष ओलीले सांस्कृतिक र ऐतिसिक स्थलमा रहेको धरहरालाई भ्यू टावर र सेतो टावरको टिप्पणी गरेकोप्रति आपत्ति जनाएका छन्।

एमालेले गरेका काम देख्न नसकेर यस्तो टिप्पणी गर्ने गरेको अध्यक्ष ओलीको भनाई छ । एमालेको सरकारले भूकम्पले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गरेको अध्यक्ष ओलीले दाबी समेत गरेका छन् । अध्यक्ष ओलीले भुकम्पले ध्वस्त बनाएका रानी पोखरी, दरबार हाई स्कूल लगायत पुरातात्विक एवम् सांस्कृतिक सम्पदा एमालेको सरकार बनेपछि चाडै पुननिर्माण गरिएको उल्लेख गरेका छन् । आफ्नो सरकारले तुइन युगबाट पुलको युगमा प्रवेश गराएको अध्यक्ष ओलीको दाबी छ।

एमालेबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा किरण पौडेल र प्रदेशसभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर १मा रामप्रसाद अमागाई र निर्वाचन क्षेत्र नम्बर २ मा गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन्।

nijgadh-supermart-adz1200-630