काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको अग्रता कायमै
वि.सं.२०७९ मंसिर ६ मंगलवार ००:०३
1.04K
shares

काठमाडौं-काठमाडौं क्षेत्र नम्बर ९का प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले ४६१६ मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल हुन्।
उनीहरूबीच ४८२ मतको अन्तर छ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी कल्पना धमला छिन्।
उनले भने २४३० मत पाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र प्रधानले भने १८२७ मत पाएका छन्।
पाँचौ स्थानमा मिलन पाण्डे छन्। उनले ८२९ मत पाएका छन्।
वि.सं.२०७९ मंसिर ६ मंगलवार ००:०३

















