झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार १६:२७
1.37K
shares

काठमाडौं। झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो ।
यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा विजयी हासिल गरिसकेकाे छ ।अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १६:२७

















