skip this

जरिवाना मिनाहा गरिदिन माग गर्दै बालेनद्वारा निर्वाचन आयोगमा निवेदन पेश

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले निवेदन दिएका छन् । निर्धारित समयमै निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले जरिवाना तोकेपछि उनले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख शाहले ११ असोजमा जरिवाना मिनाहा गर्न निवेदन दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जरिवाना मिनाहाका लागि निवेदन आएको तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय भएको बताएका छन् । उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णायार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंको अभिलेखबमोजिम शाहले १२ असारमा खर्च विवरण बुझाएका थिए ।

१२ जेठमा काठमाडौं महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो । त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । मेयर शाहले फोहोर व्यवस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको पनि निवेदनमा उल्लेख गरेका छन् ।बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए । खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन् ।

nijgadh-supermart-adz1200-630