यी हुन् विश्वासको मत निर्वाचन प्रक्रियामा भाग नलिने सांसदहरु
वि.सं.२०७९ पुस २६ मंगलवार १८:१६
1.71K
shares

काठमाडौं-मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।
उनले २६८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । भने उनको विपक्षमा २ मत मात्र परेको छ । जसमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मत दिएनन् ।
२७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन प्रक्रियामा २७० सांसदले मात्रै भाग लिएका छन् । १ जना सांसद निलम्बित रहेको र अन्य ४ भने विभिन्न कारणले अनुपस्थित रहेका छन् ।
जसमा मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत अनुपस्थित भए । भने सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सभा सञ्चालन गर्ने भएका कारण निर्वाचन प्रक्रियामा भाग लिएनन् ।
वि.सं.२०७९ पुस २६ मंगलवार १८:१६

















