skip this

आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको छु –प्रधानमन्त्री दाहाल

939 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मुलुकको ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । आज गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै मुलुकको प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताएका छन् ।

सो पुस्तकमा श्रेष्ठले प्रधानमन्त्री दाहालले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरणसमेत समेटेका छन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ४६ वर्षपछि आफू गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630