skip this

कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्ष दल होइन –रघुवीर महासेठ

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्ष दल नभएको नेकपा (एमाले)का सचिव रघुवीर महासेठले बताएका छन् । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेस प्रतिपक्ष दल नभएको बताएका हुन् ।नेता महासेठले एमालेको प्रयास र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको बताएका छन् ।

उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने बताएका छन् । वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको भन्दै उनले यसले देश र जनताको अहित हुने गरी कुनै काम नगर्ने उल्लेख गरेका छन् । उनले आफूहरूले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोेजेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630