skip this farak Kura Pravakar

क्रसर उद्योगबारे अध्ययन गर्दैछौं, छिट्टै निर्णय गर्छौं : उपप्रधानमन्त्री पौडेल

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताएका छन् ।

बुधबार मन्त्रिपरिषदको बैठकमा पनि क्रसर उद्योगका विषयमा छलफल भएको भन्दै उनले सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने बताएका हुन् ।

देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेका छन् र जिल्ला प्रशासन कार्यालयहरुको निर्देशनमा हाल सबैजसो क्रसर उद्योग बन्द रहेका छन् । क्रसर उद्योगहरु बन्द भएका कारण देशभर निर्माण कार्यहरु पनि रोकिएका छन् ।

अर्थमन्त्री पौडेलले क्रसर उद्योगको विषयमा थप अध्ययन गरी सम्बन्धित पक्षको भनाइ सुनेर छिट्टै निर्णयमा पुग्ने बताए ।

nijgadh-supermart-adz1200-630